citizens life insurance long ad
stcnepal long ad

वैदेशिक रोजगार व्यवसायीबाट बाढीपीडितका लागि डेढ करोड सहयोग

Nimb long ad
Prabhu Insurance Long Ad

वैदेशिक रोजगार व्यकाठमाडौँ । रसुवा बाढी तथा पहिरोपीडितको राहत तथा पुनःस्थापनाका लागि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सञ्चालन गरेको सहयोग अभियानबाट रु. १ करोड ५० लाख सङ्कलन भएको छ।

संघका अनुसार अभियानमा संस्था, व्यक्तिगत, शाखा तथा विभिन्न विदेशी संस्थासमेत गरी हालसम्म ५२० भन्दा बढी व्यवसायी तथा संस्थाको सहभागिता रहेको छ। सहयोग प्राप्त हुने क्रम अझै जारी रहेको संघले जनाएको छ।

संकलित रकम संघका अध्यक्ष डिकबहादुर खत्रीको नेतृत्वमा कार्यसमितिका पदाधिकारी तथा सदस्य र सल्लाहकारहरूको उपस्थितिमा युवा, श्रम तथा रोजगार मन्त्रालयमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी हस्तान्तरण गरिएको हो।

रकम हस्तान्तरण कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य तथा सल्लाहकारसँगै विभिन्न घटक संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो।

उक्त रकम सरकारी राहत कोषमा जम्मा भई विपद् प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा उपयोग हुने अपेक्षा संघले गरेको छ।

संघले अभियान अन्तर्गत संकलित सहयोग रकमको प्रयोग तथा आगामी राहतसम्बन्धी गतिविधिमा पारदर्शिता, जवाफदेहिता र संस्थागत निर्णय प्रक्रियालाई प्राथमिकता दिने जनाएको छ।

अभियानमा सहभागी व्यवसायी, संस्था, शाखा तथा विदेशी साझेदार संस्थाको योगदानको उचित अभिलेख राखी सम्बन्धित विवरण व्यवसायीलाई समेत जानकारी गराइने संघले जनाएको छ।

मानवीय सेवासँगै व्यवसायी क्षेत्रको सामाजिक उत्तरदायित्वलाई थप सुदृढ बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको संघले जनाएको छ।

विपद्को घडीमा व्यवसायी समुदायले देखाएको एकता, सद्भाव र उदार सहयोगले व्यवसायी क्षेत्रको सामाजिक भूमिकालाई थप उचाइ दिएको संघको भनाइ छ।

संघले अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यवसायी, संस्था, शाखा, विदेशी साझेदार संस्था तथा सहयोगीप्रति धन्यवाद तथा आभार व्यक्त गरेको छ।वसायीबाट बाढीपीडितका लागि डेढ करोड सहयोग

IME Life
kumari