citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

आजबाट इन्टरनेट बैंकिङ, एटिएम र कनेक्ट आइपीएस सबै निःशुल्क

kumari bank
Prabhu Insurance Long Ad
global bank

आर्थिक सञ्जाल । शुक्रबार, ७ चैत्र २०७६

काठमाडौं । बैंक तथा वित्तिय संस्थाहरुले इन्टरनेट, मोबाइल लगायतका विद्युतिय कारोबार, कुनै पनि बैंकको एटिएम, र कनेक्ट आइपीएस सेवा निःशुल्क गरेका छन् ।

बाणिज्य बैकहरुका सिइओहरुको संस्था नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसियसन र वित्त कम्पनी संघले संयुक्त रुपमा यस्तो सुबिधा घोषणा गरेका हुन् । अब मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, अनलाइन पेमेन्टमा कुनै शुल्क लाग्ने छैन् । त्यस्तै, देश भित्र जुन सुकै बैंक तथा वित्तिय संस्थाको एटिएमबाट पैसा निकाल्न पनि कुनै शुल्क लाग्ने छैन् ।

नगद कारोबारमा कोरोना भाइरसको संक्रमणको जोखिम बढ्ने भएकाले नागरिकलाई सुरक्षा र डिजिटल कारोबारलाई बढावा दिन यस्तो सुबिधा ल्याएको बैंकर्स संघका

अध्यक्ष भुवन दाहालले बताए । बैंकहरुले अर्काे सूचना जारी नभएसम्मका लागि यी सेवा निःशुल्क भएको जनाएका छन् । उनीहरुले कोरोना भाइरसको संक्रमणबाट जोगिन डिजिटल कारोबारमा जोड दिन आग्रह पनि गरेका छन् ।

gold
himalayan life insurance long ad