stcnepal long ad
global ime bank long

सिद्धार्थ बैंकको मुद्दती खाता अब अनलाइनबाटै खोल्न सकिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं ।  सिद्धार्थ बैंकको मुद्दती खाता अब अनलाइनबाटै खोल्न सकिने भएको छ। बैंकले डिजिटल बैंकिङ्ग प्रविधिको सदुपयोग गर्दै आफ्ना ग्राहक महानुभावहरुलाई सहज तथा सुरक्षित सुविधा उपलब्ध गराउने उद्देश्यले यही कार्तिकदेखि अनलाइन मार्फत मुद्दती खाता खोल्न सकिने व्यवस्था ल्याएको हो । यसका लागि ग्राहकहरुले बैंकको EasyBank प्लाटफर्म https://easybank.siddharthabank.com/ प्रयोग गरी भौतिक रुपमा बैंकसम्म नपुगिकनै घरैबाट आवश्यक विवरण भरी सहज रुपमा अनलाइन मार्फत मुद्दती खाता खोल्नको लागि आवेदन दिन सकिनेछ । ग्राहकहरुले उक्त मुद्दती निक्षेप खातामा बैंकले प्रदान गर्दै आएका आकर्षक ब्याजदरहरुको फाइदा लिन सक्नेछन् ।

यस खाता दोल्नका लागि पहिला बैंकको मोबाइल बैंकिङ्ग एप सिद्धार्थ BankSmart बचत बाट मात्र प्रदान गर्दै आएको थियो । अब ग्राहक महानुभावहरुले घरबाटै EasyBank वा BankSmart बचत बचत प्रयोग गरी मुद्दती खाता खोल्न सकिनेछ ।

सिद्धार्थ बैंकले डिजिटल प्रविधिको सदुपयोग गर्दै बैंकिङ्ग प्रणाली अझ सजिलो तथा प्रभावकारी बनाउने लक्ष्य लिएको छ र आगामी दिनहरुमा अरु पनि अनलाइन सुविधाहरु ल्याएर बैंकिङ्ग सेवालाई अझ ग्राहकमैत्री बनाउने उद्देश्य राखेको छ ।

IME Lifesidebar
kumari