stcnepal long ad
ime life insurance
national life
global ime bank long

ग्लोबल आइएमई बैंक र मुक्तिनाथ विकास बैंकबीच सम्झौता

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । ग्लोबल आइएमई बैंक र मुक्तिनाथ विकास बैंकबीच मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउन समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले आफ्नो व्यवसायलाई आवश्यकता पर्ने गैर कोषमा आधारित प्रतीत पत्र (लेटर अफ क्रेडिट), बैंक ग्यारेण्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ्ग आदी सुविधा मुक्तिनाथ विकास बैंकको सिफारिसमा ग्लोबल आइएमई बैंक मार्फत उपभोग गर्न सक्नेछन ।

उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले हस्ताक्षर गरेका हुन् ।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुकबाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु(याउने उद्देश्यले ७६ जिल्लामा बैंकका २८० शाखा, २५० एटीएम, २५७ शाखारहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

त्यस्तै, मुक्तिनाथ विकास बैंकले नेपालमा अग्रणी विकास बैंकको रूपमा आफ्नो परिचय बनाएको छ । बैंकले देशभर रहेका आफ्ना १६५ वटा शाखा कार्यलय, १ एक्सटेन्सन काउन्टर र ४५०० भन्दा बढी मुक्तिनाथ रेमिट एजेन्ट मार्फत सेवा प्रवाह गर्दै आएको छ ।

prabhu mahalaxmi
kumari