stcnepal long ad
ime life insurance
national life
global ime bank long

भूमिगत सहित काठमाडौँ महानगरको ८ तले भवन शिलान्यास

जस पाउन काम गर्ने परिपाटी अन्त्य गरौँ, साझा लाभ र सरोकारका विषयलाई व्यक्तिगत स्वार्थका आँखाले हेर्नु हुँदैन– प्रमुख शाक्य

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ । आज काठमाडौँ महानगरपालिकाको केन्द्रीय भवनको शिलान्यास भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले टेकु (हाल वातावरण विभाग रहेको ठाउँ) मा भूमिगत तला सहितको ८ तले भवन शिलान्यास गर्नु भएको हो ।

त्यस अवसरमा वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु वडा सदस्यहरु तथा महानगरका अधिकारीहरु सहभागी हुनुहुन्थ्यो । ६–०–३–३– ६ (३ हजार ८३ दशमलव ८२ बर्गफुट) क्षेत्रफलमा भवन निर्माण हुन लागेको हो । भवन ६ हजार ६८३ दशमलव ३३ वर्ग मिटर क्षेत्रफलको हुनेछ । यसको अधिकतम ग्राउण्ड कभरेज ४० प्रतिशत हुनेछ ।

भवनमा १० जना क्षमताका दुई वटा लिफ्ट जडान हुनेछन् । भवन ०८० साल असोज मसान्तसम्ममा निर्माण सम्पन्न भइसक्नेछ । समानान्तर निर्माण सेवा प्रा.लि. ले ६९ करोड ५८ लाख १९ हजार ३ सय ५९ रुपैयाँमा भवन निर्माणको जिम्मा पाएको छ । भवनको डिजाइन सहरी योजना आयोग र सिनर्जी इन्जिनियरिङ् प्रा. लि. ले तयार पारेका हुन् ।

शिलान्यासपछि प्रमुख शाक्यले, आफू निर्वाचित भइसकेपछिको पहिलो कार्यपालिका बैठकले गरेका निर्णय उधुत गर्दै भन्नुभयो, ‘ पहिलो कार्यपालिका बैठकमा काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालय र सबै वडाका कार्यालय भवनको पुनर्निमाण र नयाँ निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने निर्णय गरेका थियौँ ।

यस अनुसार अधिकांश वडा कार्यालय नवनिर्माण र पुननिर्माण भइसकेका छन् । हामीले हरिभवनमा केन्द्रीय कार्यालय बनाउने भनेका थियौँ । मुद्दा मामिलामा अल्झिनु परेकोले त्यहाँ भवन निर्माणको काम थाल्न पाएनौँ । मुद्दा किनारा लागेपछि हामी त्यो भवनलाई पुननिर्माण गर्छौँ ।’

त्यस क्रममा उहाँले साझा लाभका योजनामा जस लिन नपाउनेले विरोध गर्ने आचरण हावी भएपछि महानगरले तर्जुमा गरेका धेरै योजना अघि बढ्न नसकेको र बढेका योजना पनि रोकिएको अनुभव सुनाउनुभयो ।

‘व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको स्वतन्त्र अस्तित्वलाई विकासका सवालमा अन्तरसम्बन्धित बनाउन सकिएन भने लहडका भरमा योजना रोकिने रहेछन् ।

रानीपोखरी, धरहरा, दरबार हाइस्कुल, कमलपोखरी पुर्ननिर्माणका सृङ्खला यसका उदाहरण हुन् ।’ शाक्यले, आगलागी नियन्त्रण गर्ने दमकल भवन निर्माण गर्ने योजना समेत मुद्दा खेप्नु परेको नमीठो अनुभव सुनाउनुभयो ।

कार्यक्रममा संघीय सांसद कृष्णगोपाल श्रेष्ठले, समयमा भवन निर्माण सम्पन्न भएर नागरिकले सुविधा सम्पन्न ठाउँबाट सेवा लिन पाउने अपेक्षा गर्नुभयो । सरकारका पात्र परिवर्तन भइरहन्छन् तर स्वीकृत कार्यक्रम नियमित चलिरहन्छ ।

यसको दिगोपनाका लागि कर्मचारीहरुले चनाखो हुनुपर्ने बताउनुभयो । भवन भुकम्पीय सुरक्षाका कोणबाट दरिलो र बाहिरबाट हेर्दा आकर्षक हुने उहाँको अपेक्षा थियो ।

समयमा काम गर्न पाइएन । ढिलै भए पनि केन्द्रीय भवन शिलान्यास गर्न पायौँ । यो हाम्रो कार्यकालका लागि सुखद क्षण हो । कार्यक्रममा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, महानगरका नीतिको कार्यान्वयनबाट देखिने विकास महसुस हुन थालेको बताउनुभयो ।

छरिएका कार्यालयहरुबाट सेवा व्यवस्थापन गर्न कठिन भएको थियो । केन्द्रीय कार्यालय निर्माण भएपछि सेवा व्यवस्थापनमा सहजता हुनेछ । त्यस क्रममा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले धारणा राख्नुभएको थियो भने वडा १२ का अध्यक्ष विकास डंगोलले, आफ्नो वडामा महानगरको केन्द्रीय कार्यालय निर्माण हुनुले आफूलाई वडाध्यक्षका रुपमा गौरव महसुस भएको उल्लेख गर्नुभयो ।

करीब ६ रोपनी क्षेत्रफलमा बन्ने भवनको भूमिगत तलामा ३० वटा गाडी र ८० वटा मोटरसाइकल पार्किङ गर्न सक्ने ठाउँ हुनेछ । मेकानिकल प्रविधिको प्रयोगबाट भूमिगत तलामा थप २५ वटा गाडी पार्किङ् गर्न सकिनेछ ।

सहरी योजना आयोगमा उपाध्यक्ष सरोज बस्नेतका अनुसार भूकम्प प्रतिरोधी प्रविधिको प्रयोग, वरिपरि खुल्ला ठाउँ र मौलिक वास्तु शैली भवनका मुख्य विशेषता हुन् । प्रत्येक तलामा कार्यालयहरू, बैठक हल, प्रशासन/कर्मचारी/आगन्तुक एवं कार्यालय सञ्चालन र मर्मतका लागि आवश्यक स्थान छुट््याइएको छ ।

इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार पहुँच योग्य शौचालयको सुविधा र विपदको समयमा प्रयोग हुन सक्ने आपतकालीन मार्ग तथा सुरक्षित भ¥याङ् भवनका थप विशेषता हुन् ।

आकाशे पानी संकलन तथा संकलित पानीको शुद्धिकरण प्रणाली सहितको रिचार्ज पिट डिजाइनमा समावेश गरिएको छ । भवनको जमिन तलादेखि ७ तलासम्म कार्यालय प्रयोजनका लागि प्रयोग हुनेछ भने आठौँ तलामा २ सय जना क्षमताको एउटा र १ सय जना क्षमताको एउटा गरी २ वटा छुट्टाछुट्टै सभा कक्ष निर्माण गरिनेछ ।

prabhu mahalaxmi
kumari