आजबाट एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयर निष्कासन
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले आज असोज २५ गतेबाट आफ्ना सेयरधनीहरुका लागि ३० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ।बैंकले चुक्ता पुँजी ८१ करोड ११ लाख २१ हजार २२४।७२ रुपैयाँको १०ः३ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको छ।
जसअनुसार बैंकले १०० अंकित दरका कुल २४ लाख ३३ हजार ३६३.६७४२ कित्ता हकप्रद जारी गरेको छ। नेपाल धितोपत्र बोर्डले यो बैंकलाई गत साउन ३१ गते हकप्रद निष्कासनको अनुमति दिएको थियो। धितोपत्र बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको जनाइएको छ।
यो हकप्रदमा नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत पनि आवेदन दिन सकिनेछ। एक्सेल डेभलपमेन्ट बैंकको हकप्रदमा आगामी कात्तिक १४ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने जनाइएको छ।
हकप्रद जारी प्रयोजनका लागि बैंकले गत असोज १ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ। गत भदौ ३१ गतेसम्म कायम सेयरधनीहरुमात्र हकप्रद आवेदन दिन पाउने छन्।























