stcnepal long ad
global ime bank long

मेगा बैंकका कार्ड प्रयोगकर्तालाई विशेष छुटैछुट

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले दशैं, तिहार,नेपाल सम्वत र छठ पर्वलाई लक्षित गरी भिसा डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई ई–कमर्स कारोबारमा विशेष फेस्टिभल अफर योजना ल्याएको छ।

मेगा बैंकले डेबिट कार्ड प्रयोगकर्तालाई ई–कमर्स कारोबारको १० प्रतिशत वा बढीमा ५ सयसम्म क्यासब्याक र क्रेडिट कार्ड प्रयोगकर्तालाई ई–कमर्स कारोबारको १५ प्रतिशत वा १ हजारसम्म क्यासब्याकको अफर योजना ल्याएको छ।

यसैगरी मेगा बैंकमा खाता खोली पहिलोपटक ई–कमर्स कारोबार गर्ने डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई ई–कमर्स कारोबारको २० प्रतिशतसम्म वा २ हजारसम्म क्यासब्याक सुविधा दिने भएको छ।

असोज २४ गतेबाट कात्तिक २४ गतेसम्म सञ्चालन हुने यस अफर योजनामा सबैभन्दा बढी कारोबार गर्ने ५ जना डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई उपहार कार्डको व्यवस्था गरिएको मेगा बैंक नेपाल लि। ले आज एक विज्ञाप्ती प्रकाशित गरि जनाएको छ।

यसैगरी चाडपर्वभर मेगा बैंकले ई–कमर्स कारोबारमा कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरेको पनि जनाएको छ।

चाडपर्वको उपहार स्वरुप यस अफर ल्याइएकाले नजिकको शाखा कार्यालयमा गई खाता खोलेर डेबिट तथा क्रेडिट कार्ड मार्फत क्यासब्याकको लाभ लिन मेगा बैंकले आफ्ना सबै ग्राहक वर्गहरुलाई अनुरोध गरेको छ।

IME Lifesidebar
kumari