stcnepal long ad
global ime bank long

मुक्तिनाथ विकास बैंकद्वारा प्रहरीलाई पर्चा, चेकिङ वोर्ड ,स्टिकर ,माक्स सामग्री हस्तान्तरण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरीलाई विभिन्न सामग्री हस्तान्तरण गरेको छ । बैंकले दुई छुट्टाछुट्टै कार्यक्रममा महानगरीय प्रहरी वृत्त दरबारमार्ग र महानगरीय प्रहरी वृत्त मालीगाउँसँग साझेदारी गरि जनचेतनामूलक पर्चा, प्रहरी चेकिङका लागि बोर्ड, महत्वपूर्ण सम्पर्क नम्बर समेटिएका स्टिकर, मास्क लगाउन आग्रहमा लागि स्ट्यिान्डी लगायतका सामग्री हस्तान्तरण गरेको छ।

यस सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै यस सहयोगबाट सबै क्षेत्रका नागरिकको हितमा काम हुने र चाडपर्वको बेला अपराध नियन्त्रण तथा रोकथाममा केही सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएको छ।

यसका साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।

त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाका लागिः ९८०१११००२२, कर्जा सेवाका लागिः ९८०१११००२३) जस्ता सेवा बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको बैंकले जनाएको छ।

IME Lifesidebar
kumari