stcnepal long ad
global ime bank long

नबिल बैंकको ‘नयाँ लुगा’ नामक सन्देशमूलक दशैं भिडियो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नबिल बैंक लि।ले गत वर्ष तयार पारेको दशैं भिडियोको अपार सफलतापश्चात् यो वर्ष पनि ‘नयाँ लुगा’ नामक दशैंको भिडियो सार्वजनिक गरेको छ।

यस नयाँ भिडियो नेपालीको महान चाड दशैं मनाउन शहरमा बसोबास गर्ने र दशैं मनाउन गाउँ फर्किनेहरुको कथामा आधारित भएर भिडियो सन्देश बनाएको छ। यो कथा आमनेपालीको आत्मकथा पनि हो।

भिडियोमा एकजना बाबा सहरमा जागिर गर्दछन्। घरबाट छोरीको फोन आउँदछ, दशैंमा नयाँ कपडा ल्याइदिनु भनेर। उनी छोरी एवं श्रीमतीको खुशीका लागि दशैं किनमेल गरेर गाउँ फर्किन्छन्।

फर्किंदा, बाटो बिग्रेर जाममा पर्दछ। तर, परिवारको माया अनि खुसीका लागि उनी रातभरि हिँडेर गाउँ पुग्दछन् । यो कथालाई भिडियोमा निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ।

घर पुग्दा छोरी, आमा अनि छोरीका साथीसमेत सबैजना खुसी भई दशैं मनाउने तयारी गर्दछन् । अब जागिर खान सहर जाने होइन, गाउँमा नै केही गर्नुपर्दछ भन्ने सन्देश पनि भिडियोले दिएको छ।

यसैगरी दशैंको यस भिडियोले सकभर दशैंमा आफ्नो परिवारसँग भेटी सुरक्षित साथ खुसी साटासाट गरौँ भन्ने सन्देश सरल ढंगले दिएको छ। जसले पहिले जस्तै सबैको मन जित्नेछ भन्ने अपेक्षा बैंकले लिएको छ।

 

IME Lifesidebar
kumari