भक्तपुरको दुवाकोटमा नेपाल इन्भेस्टमेन्ट बैंकको एक्सटेन्सन काउण्टर

आर्थिक सञ्जाल बुधबार, ५ चैत्र २०७६
काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट बैंकले भक्तपुरको चाँगुनारायण नगरपालिकाको वडा नं ३ दुवाकोटमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । नयाँ खुलेको दुवाकोटस्थित विस्तारित(एक्सटेन्सन) काउन्टर दक्षिणमा भक्तपुर नगरपालिका र पश्चिममा मध्यपुर ठिमी नगरपालिकाले घेरिएको छ ।
यो काठमाडौंको केन्द्रबाट करिब २० किलोमिटर दूरीमा छ । दुवाकोटको एक्सटेन्सन काउन्टर स्थानीय मागलाई पूरा गर्ने गरी पूर्ण विस्तारित काउन्टरका रूपमा सञ्चालित हुने बैंकले जनाएको छ ।
बैंकको यो १७औं एक्सटेन्सन काउन्टर हो । एनआईबीएलले ८२ शाखा, १२४ एटीएमहरू, १७ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू तथा ५६ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।