citizens life insurance long ad
stcnepal long ad

वल्ड रेमिटमा एनआईसी ४ सय बोनस दिने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनआईसी एशिया बैंक लि.ले दशैंको अवसरमा वर्ल्ड रेमिटबाट एनआईसीको खातामा रकम पठाउँदा खातावालालाई ४०० रूपैयाँ बोनस दिने भएको छ ।

बैंकले डिजिटल रेमिट्यान्सलाई प्रवर्द्वन गर्ने उद्देश्यका साथ बेलायत, अष्ट्रेलिया लगायतका देशहरूमा बसोबास गर्ने नेपालीहरूको लागि दशैंको अवसरमा प्रतिष्ठित अन्तर्राष्ट्रिय डिजिटल रेमिट्यान्स कम्पनी वर्ल्ड रेमिट मार्फत यस बैंक खातामा रकम पठाउँदा खातामा रू.४०० बोनस रकम उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।

२०७८ आश्विन ११ गतेदेखि कात्तिक १० गतेसम्म लागू हुने यस योजनाबाट डिजिटल कारोबारमा सहयोग पुग्नुका साथै विदेशमा बसेर कमाएको रकम सहज रुपमा सिधै यस बैंकको खातामा जम्मा गर्न सकिने छ । रू.४०० बोनस रकम योजना अवधिभर पहिलोपटक गरिएको कारोबारमा मात्र लागू हुने सो बैंकले जनाएको छ ।

IME Life
kumari