stcnepal long ad
ime life insurance
global ime bank long

सिभिल बैंकको नयाँ शाखा टोखामा

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

आर्थिक सञ्जाल सोमबार,३ चैत्र २०७६
काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौंको टोखामा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले एक कार्यक्रमकाबीच बैंकको टोखा शाखा उदघाटन गरेका हुन् ।
नयाँ शाखा उदघाटनसंगै बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत टोखा नगरको सरसफाईको लागि ३० थान डस्टविन समेत हस्तान्तरण गरिएको छ ।

सो डस्टविन सिभिल बैंकका अध्यक्ष ईच्छाराज तामाङ्गले टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीलाई प्रदान गरेका हुन् । साथै टोखा नगरपालिकाको ऐतिहासिक पोखरी नारायण पोखरीको पनि सफाई गरिएको छ ।
सिभिल बैंकका बागमती प्रदेशका प्रमुख भोलाबहादुर विष्टले सिभिल बैंक टोखा शाखाले यस क्षेत्रका सम्पुर्ण वचतकर्ता उद्यमी, व्यवसायी तथा स्थानियहरुलाई उच्चस्तरीय बैकिंग सेवा तथा सुविधा उपलव्ध गराउने प्रतिवद्धता जनाउँदै यस क्षेत्रको अर्थतन्त्र उकास्नको लागि साना तथा मझौला ब्यापार ब्यवसाय लगायत अन्य व्यक्तिगत कर्जाहरु जस्तै घर कर्जा, सवारी कर्जा, शैक्षिक कर्जा जस्ता क्षेत्रमा लगानी बढाउने बताए ।

टोखा शाखा उदघाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा उदघाटन कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले ऐतिहासिक नगरी टोखाको वित्तीय पहुँच बृद्धि गर्नको साथै वित्तीय स्तर बढाउन टेवा पुर्याउने बताए ।
टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले टोखामा शाखा स्थापना संगै ब्यापार व्यवसाय विस्तार तथा रोजगारी श्रृजनाका लागि अनुकुल बातावरणलाई प्रोहत्साहन गरेकोमा बैंकलाई धन्यवाद दिदै उक्त क्षेत्रका बासिन्दाहरुलाई आफुलाई आवश्यक पर्ने पुँजीको लागि बैंकबाट कर्जा लिई आफ्नो व्यवसाय विस्तार गर्न तथा आफुसंग भएको सानो सानो पुंजीलाई पनि बैंकमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न आग्रह गरे ।

सिभिल बैंकको हालसम्म ४ लाख ३० हजारभन्दा बढी ग्राहकहरु रहेको करीव ५४ अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव ५२ अर्व कर्जा लगानी गरेकोे ११२ वटा शाखाहरु तथा २ वटा एक्स्टेन्सन काउन्टर र ५ वटा शाखारहित बैंकिंग सेवा काउन्टरबाट सेवा प्रदान गर्दै आएका बैंकले जनाएको छ ।

prabhu mahalaxmi
kumari