stcnepal long ad
global ime bank long

एनएमबि लघुवित्तको चैत २६ गते वार्षिक साधारण सभा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल सोमबार,३ चैत्र २०७६

काठमाडौँ । एनएमबि लघुवित्त वित्तीय संस्थाको सातौँ वार्षिक साधारण सभा चैत २६ गते हुने भएको छ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले बिहान ११ बजे सिटी स्क्वायर पार्टी प्यालेज न्यूरोड पोखरामा साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार हाल कायम चुक्तापूँजी ४० करोड ५० लाख १५ हजार ६ सय २५ रुपियाँको १२ प्रतिशतले हुन आउने ४ करोड ४६ लाख १ हजार ८ सय ७५ रुपियाँ बराबरको बोनस शेयर र ०.६३ प्रतिशतले हुन आउने २५ लाख ५७ हजार ९ सय ९३ रुपियाँ नगद लाभांश(बोनस शेयरको कर प्रयोजनको लागि) पारित गर्नेछ ।

अन्य लघुवित्त संस्थासंग गाभ्ने/गाभिन(मर्जर) वा प्राप्ति(एक्वीजिशन)को प्रक्रिया लगायतका सम्पूर्ण कार्यको लागि सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।

साधारण सभा प्रयोजनको लागि चैत १० गतेदेखि २६ गतेसम्म संस्थाको शेयरधनी दर्ता किताब बन्द गर्ने निर्णय गरिएको कम्पनी सचिव गोबिन्द बाँस्तोलाले जनाएका छन् ।

IME Lifesidebar
kumari