stcnepal long ad
global ime bank long

प्रभु बैक लि. को संस्थापक सेयर लिलामी भर्ने भदौ २८ गते सोमबार अन्तिम दिन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु बैंक लि. को सेयर लिलामी भर्ने भदौ २८ गते सोमबार अन्तिम दिन हो । प्रभुले २ लाख ५२ हजार ७२८ कित्ता संस्थापक सेयर लिलामी बिक्री गत भदौ १५ गतेबाट खुला गरिरहेको छ ।

यसमा बैंकका विद्यमान संस्थापक सेयरधनी सहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सक्नेछन् । संस्थापक सेयरको प्रति कित्ता भाउ २१० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् ।

यसमा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । आवेदकले मुक्तिनाथ क्यापिटल हात्तिसार काठमाडौं पुग्नेगरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ ।

बोलपत्रमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र कबोल गरेको रकम उल्लेख गर्नुपर्ने बिक्री प्रबन्धकले जानकारी गराएको छ ।

IME Lifesidebar
kumari