stcnepal long ad
global ime bank long

जिल्ला प्रशासन कार्यलय धनुषामा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल शुक्रबार,३० फागुन २०७६

धनुषा । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका स्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

धनुषा स्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको शुक्रबार धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेंलले एक समारोहकाबीच उदघाटन गरेको हो ।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले धनुषा जिल्ला प्रशासन कार्यलयमा पनि आफ्नो सेवा विस्तार गरेको जनाएको छ ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यालयको काम गर्न सहज र सरल हुने भएको छ ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रभु बैंकले २०८ वटा शाखा कार्यालय, १५८ वटा एटीएम, ४६ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

IME Lifesidebar
kumari