stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

विकास बैंकले तोक्न थाले व्याजदर

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्षबाट लागू हुने गरी विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले आ–आफ्नो नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । यस्तै राष्ट्रिय स्तरमा रहेका ८ विकास बैंकहरुले पनि आफ्ना ब्याजदर सार्वजनिक गरेका छन् ।

मुक्तिनाथ विकास बैंक

मुक्तिनाथ विकास बैंकले साउन १ गतेदेखि लागु हुनेगरी निक्षेप र कर्जामा नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले साधारण बतच खातामा ३.२५ प्रतिशत व्याजदर तोकेको छ । यस्तै मुक्तिनाथ प्रिमियम बचतमा ३.२५ प्रतिशत, मुक्तिनाथ सुपर प्रिमियम बचतमा ३.२५ प्रतिशत र मुक्तिनाथ सुपर प्रिमियम बचतमा ५ प्रतिशत व्याजदर तोकेको छ ।

वैदेशिक रोजगार बचतमा ३.२५ प्रतिशत व्याजदर तोकेको छ । यस्तै मुद्दतीतर्फ व्यक्तिगत ३ महिना देखि ६ महिनासम्मको ७.५० प्रतिशत, ६ महिनादेखि १ वर्षसम्म ७.७५ प्रतिशत र १ वर्षमाथि ८.२५ प्रतिशत व्याजदर तोकेको छ । संस्थागततर्फ ३ महिनासम्मको ७.५० प्रतिशत, ६ महिनामाथि १ वर्ष तलको ७.६० प्रतिशत र १ वर्षमाथिको ८.२५ प्रतिशत व्याजदर तोकेको छ ।

ज्योति विकास बैंक

ज्योति विकास बैंकले व्याक्तिगत मुद्दतीतर्फ ३ महिनासम्म ७ प्रतिशत , संस्थागततर्फ ६.५० प्रतिशत व्याजदर तोकेको छ ।

यस्तै ६ महिनासम्मको व्याक्तिगत ७.७५ प्रतिशत र संस्थागत ७.२५ प्रतिशत, ९ महिनासम्मको व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागत तर्फ ७.५० प्रतिशत व्याजदर तोकेको छ । ९ महिनासम्मको व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ७.५० प्रतिशत व्याजदर तोकेको छ ।

१ वर्षदेखि २ वर्षसम्म व्यक्तिगततर्फ ८.२५ प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत तोकेको छ भने २ वर्षदेखि माथिकोमा ८.२५ प्रतिशत तोकिएको छ । यस्तै कल डिपोजिटमा १.६२ प्रतिशत माथि तोकिएको छ ।

सेभिङ डिपोजिटमा ज्योति बम्पर सेभिङ एकाउन्टमा ३.२५ प्रतिशत, ज्योति प्रिमियम सेभिङ एकाउन्टमा ३।२५ प्रतिशत, ज्योति स्यालरी सेभिङ एकाउन्टमा ३.२५ प्रतिशत, ज्योति बाल बचत खातामा ३।२५ प्रतिशत व्याजदर तोकेको छ ।

ज्योति जेष्ठ नागरिक खातामा ३.२५ प्रतिशत, रेमिट्यान्स खातामा ३.२५ प्रतिशत, नारी सम्मान बचत खातामा ३.२५ प्रतिशत र ज्योति स्टाफ सेभिङ एकाउन्टमा ३.२५ प्रतिशत, ज्योति सेभिङ एकाउन्टमा २ प्रतिशत व्याजदर तोकेको छ ।

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले साइन सेयर होल्डर सेभिङ, साइन उन्नति बचत खाता र साइन सम्मुन्ती बचत खातामा ४.५० प्रतिशत व्याजदर तोकेको छ ।

साइन नारी बचत खाता, प्रोफेसनल सेभिङ, शाइन बाल बचत खाता, स्यालरी सेभिङ, एस आर सेभिङ, शाइन जेष्ठ नागरिक बचत खाता, स्टुडेन्ट सेभिङ, साइन सरप्लस सेभिङ, सोसल सेक्रोरेटी सेभिङ, मेरो बचत खाता, कम्पलसरी सेभिङ, साइन बचत खातामा ३ प्रतिशत व्याजदर तोकेको छ । यस्तै कल खातामा १.५० प्रतिशत व्याजदर तोेकेको छ ।

फिक्स डिपोजिटतर्फ ३ महिनासम्मको कर्पोरेटतर्फ ७.५० प्रतिशत, व्यक्तिगततर्फ ७.५० प्रतिशत, ६ देखि ९ महिनासम्म कर्पोरेट तर्फ ७.७५ प्रतिशत र इन्डिभ्युजलतर्फ ७.७५ प्रतिशत १ वर्ष र माथिको कर्पोरेटर र इन्डुभिजल तर्फ ८ प्रतिशत व्याजदर तोकेको छ ।

गरिमा विकास बैंक लिमिटेड

गरिमा विकास बैंकले कर्पोरेटर कलमा १.५० प्रतिशत व्याजदर तोकेको छ । फाइनान्स इन्च्युच्युसनल कलमा १.५० प्रतिशत, पर्सनल सेभिङमा ३ प्रतिशत, अनिवार्य सेभिङमा ३ प्रतिशत, भविश्य सुरक्षितमा ३ प्रतिशत, होम इम्प्लोइ सेभिङमा ४ प्रतिशत, गरिमा नारी सेभिङमा ३ प्रतिशत, रेमिट्यान्स सेभिङ एकाउन्टमा ३ प्रतिशत, सुपर सेभिङमा ३ प्रतिशत, स्टाफ सेभिङ, जनरल सेभिङ एकाउन्ट, पव्लिक सेभिङ, सोसल डेभलपमेन्ट एकाउन्ट, गरिमा शुभ लाभ सेभिङ एकाउन्ट, गरिमा दम्पत्ती सेभिङ एकाउन्ट, गरिमा सजिलो सेभिङ एकाउन्टमा ३, ३ प्रतिशतका दरले व्याजदर तोकेको छ ।

यस्तै मेरो सेयर बचत खातामा ४.५० प्रतिशत व्याजदर तोकेको छ । फिक्स डिपोजिटतर्फ व्यक्तिगतर्फ ३ महिना, ६ महिना र ९ महिनासम्म ७.५० प्रतिशत व्याजदर तोकेको छ ।

१ वर्षको लागि ८ प्रतिशत, २ वर्षदेखि माथि ८ प्रतिशत, ५ वर्षमाथिको ८ प्रतिशत व्याजदर तोकेको छ । सुनौलो भविष्य बाल निक्षेपतर्फ ८ प्रतिशत तोकेको छ ।

संस्थागततर्फ ३ महिना, ६ महिना, ९ महिनासम्मको ७.५० प्रतिशत, १ वर्षसम्मको ८ प्रतिशत, १ वर्षमाथि ८ प्रतिशत, १ वर्षमाथिको ८ प्रतिशत, २ वर्षसम्म ८ प्रतिशत व्याजदर तोकेको छ । यस्तै बैंकले ग्रामीण स्वास्थ्य सुरक्षा निक्षेप योजना अन्तर्गत १ वर्षे फिक्स डिपोजिटको व्याजदर समेत तोकेको छ ।

महालक्ष्मी विकास बैंक

महालक्ष्मी विकास बैंकले बचत खाता तर्फ महालक्ष्मी भावि बचत खातमा ५.५० प्रतिशत, महालक्ष्मी कर्मचारी बचत खातामा ४.५० प्रतिशत, महालक्ष्मी नर्मल सेभिङमा ३.५० प्रतिशत, महालक्ष्मी स्पेसल सेभिङमा ३.५० प्रतिशत, महालक्ष्मी ग्रिहलक्ष्मी बचतमा ३.५० प्रतिशत, महालक्ष्मी स्टुडेन्ट एकाउन्ट सेभिङमा ३.५० प्रतिशत, महालक्ष्मी जेष्ठ नागरिक बचतमा ३.५० प्रतिशत व्याजदर तोकेको छ । बैंकले कल डिपोजिट १.७५ प्रतिशत राखेको छ ।

व्यक्तिगत फिक्स डिपोजिटमा बैंकले ३ महिनासम्मको ६.७५ प्रतिशत, ६ महिनादेखि ९ महिनासम्मको ७.२५ प्रतिशत, १ वर्षमाथिको ७.७५ प्रतिशत व्याजदर तोकेको छ । संस्थागतर्फ बैंकले ३ महिनादेखि १ वर्षसम्मको ७.५० प्रतिशत व्याजदर तोकेको छ ।

कामना सेवा विकास बैंक

कामना सेवा विकास बैंकले सेभिङ डिपोजिटतर्फ कर्मचारी सेवा प्रगति बचत खाता, स्वाभिमान बचत खाता र के एस इनस्टा सेभिङ र सेयर होल्डर सेभिङमा ५ प्रतिशत व्याजदर तोकेको छ ।

यस्तै नर्मल सेभिङ, शुभारम्भ सेभिङ, सवाल नारी सेभिङ, चाइल्ड सेभिङ, स्यालरी सेभिङ, स्टुडेन्ट सेभिङ,सेन्सनर सेभिङ, फार्मर सेभिङ, कर्मचारी सुरक्षा सेभिङ, खालौ बचत खाता सेभिङ र अन्य सेभिङ एकाउन्टमा ३ प्रतिशत व्याजदर तोकेको छ ।
यस्तै कल डिपोजिटमा बैंकले १.५० प्रतिशत व्याजदर तोकेको छ । फिक्स डिपोजिटतर्फ व्यक्तिगततर्फ ३ महिनाको नयाँ र रिन्युका लागि ७.५० प्रतिशत व्याजदर तोकेको छ । ३ महिनामाथिको नयाँ र रिन्युका लागि ८ प्रतिशत व्याजदर तोको छ । बैंकले वेस रेटमा ८.२० प्रतिशत राखेको छ ।

लुम्बिनी विकास बैंक

लुम्बिनी विकास बैंकले नर्मल सेभिङतर्फ ३.२५ प्रतिशत व्याजदर तोकेकोे छ । यस्तै चेक इन सेभिङमा ३.२५ प्रतिशत, प्रिमियम सेभिङमा ५ प्रतिशत, नारी बचतमा ३.२५ प्रतिशत, बाल सुरक्षा बचत ३.२५ प्रतिशत, जेष्ठ नागरिक बचत ३.२५ प्रतिशत तोकिएको छ ।

यस्तै फिक्स डिपोजिटतर्फ व्यक्तिगतमा ३ महिनादेखि ६ महिनासम्मको ६.५० प्रतिशत, ६ महिनादेखि १ वर्षसम्मको ७ प्रतिशत, १ वर्षमाथि ८.२५ प्रतिशत तोकिएको छ । १ वर्षको लागि ८.२५ प्रतिशत तोकिएको छ ।

यस्तै संस्थागततर्फ ३ महिनामाथि ६ महिना तलको ६ प्रतिशत, ६ महिनादेखि १ वर्षसम्म ६.५० प्रतिशत र १ वर्ष र त्यो भन्दा माथि ८.२५ प्रतिशत व्याजदर तोकिएको छ ।

सांग्रीला डेभलपमेन्ट बैंक

सांग्रीला डेभलपमेन्ट बैंकले बचत खातामा स्टाफ सेभिङ एकाउन्टमा ४.७५ प्रतिशत व्याजदर तोकेको छ । नर्मल सेभिङ एकाउन्टमा ३.२५ प्रतिशत, नारी बचतमा ३.७५ प्रतिशत व्याजदर तोकेको छ ।

फिक्स डिपोजिटतर्फ ३ महिनासम्मको व्यक्तिगत तर्फ ७.५० प्रतिशत र संस्थागततर्फ ७.५० प्रतिशत व्याजदर तोकेको छ । यस्तै ३ महिनामाथि र १ वर्षसम्मको व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत र १ वर्षमाथि ८.२५ प्रतिशत र संस्थागतर्फ ८.२५ प्रतिशत व्याजदर तोकिएको छ ।

prabhu mahalaxmi
kumari