Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

साउन १० गतेदेखि नबिल बैंकले ऋणपत्र बिक्री गर्ने

ऋणपत्रमा वार्षिक ८५ ब्याजदर पाइनेछ

civilbank long ad

काठमाडौं ।  साउन १० गतेदेखि नबिल बैंकले  ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा कुल ३० लाख इकाई ऋणपत्र निष्कासन गर्न लागेको हो ।

यसमध्ये १२ लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

यस ऋणपत्रमा वार्षिक ८५ ब्याजदर पाइनेछ । बैंकले ७ वर्ष अवधिको ‘८५ नबिल बैंक डिबेन्चर २०८५’ ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ ।

यो ऋणपत्रमा साउन १३ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त समयमा सबै ऋणपत्र बिक्री नभएमा साउन २४ गतेसम्म खुला रहनेछ । न्यूनतम २५ कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिन्छ ।

लगानीकर्ताले आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्थाबाट ऋणपत्रमा आवेदन गर्न सक्नेछन् । यस्तै, मेरो सेयरमार्फत अनलाइन आवेदन पनि दिन सकिन्छ ।

नबिल बैंकलाई इक्रा नेपालले ‘इस्युअर रेटिङ डबल ए माइनस’ प्रदान गरेको छ । जसले समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा नबिल उच्च मात्रामा सुरक्षित रहेको जनाउँछ ।


३ साउन २०७८, आइतवार ०८:३४ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad