इसेवा र इन्टेल एक्स्प्रेसबीच सम्झौता
अब युरोपबाट रकम पठाउन अझ सहज
काठमाडौं । रेमिट्यान्स बजारमा तिब्र गतिमा बजार विस्तार गरिरहको इसेवा मनि ट्रान्स्फर र युरोपबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको जर्जिया स्थित इन्टेल एक्स्प्रेसबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।
सम्झौतासँगै युके, ग्रिस, साइप्रस, जर्जिया र इटलीमा रहेका नेपालीहरूलाई रेमिट्यान्स् पठाउन अझ सहज भएको छ । यससँगै इन्टेल एक्स्प्रेस मार्फत पठाएको रेमिट्यान्स नेपालमा रहेका इसेवा मनि ट्रान्स्फरका ८ हजार भन्दा बढि एजेन्ट नेटवर्क मार्फत सहजै पाउन सकिन्छ भने इसेवा वालेटमा समेत रकम लोड गर्न सकिनेछ ।


























