stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

महालक्ष्मी विकास बैंकले मिस्ड कल सेवा संचालनमा 

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । महालक्ष्मी विकास बैंकले  सञ्चालनमा ल्याएको छ । कोभिड १९ को महामारीको जोखिमलाई न्यूनीकरण गर्ने हेतुले आफ्ना ग्राहकहरुलाई घरमै बसी आधुनिक बैंकिङ्ग सेवा उपलब्ध गराउने तथा ग्राहक र बैंक बीचको सम्बन्धलाई सहज बनाउने उद्देश्यले यस सेवा संचालनमा ल्याएको हो ।

बैंकले संचालनमा ल्याएको यस सेवामा ग्राहकहरुले कुनै पनि बैंकिङ सेवा, बैंकको शाखाहरुको बारेमा जानकारी तथा बैंकको बचत तथा कर्जा सम्बन्धि कुनै पनि जानकारी आवश्यक परेमा मोवाईल नम्बर ९८४७३८७५२४ मा मिस्ड कल गर्न सक्नेछन् र बैंकका प्रतिनिधिले सम्बन्धित ग्राहकलाई फोन गरी कल ब्याक जानकारी उपलब्ध गराउने छन् ।

यस सेवामा ग्राहकहरुलाई बैंकका प्रतिनिधिले डिजिटल बैंकिङ्गको प्रयोग बिधि तथा त्यसको उपयोगीताको बारेमा पनि जानकारी गराउनुको साथै बैंकसँग सम्बन्धित कुनै पनि समस्या वा सुझाव भएमा सो जानकारी लिई उचित समाधान गर्नेछन्।

 

prabhu mahalaxmi
kumari