stcnepal long ad
himalayan Everest Insurance long ad
Himalayan bank

मेगा बैंकले आफ्ना ग्राहकहरुको सुविधाका लागि ल्यायो फोनबाट सहजै प्राप्त गर्न सकिने २ लाखसम्मको कर्जा योजना

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । मेगा बैंक नेपालले आफ्ना ग्राहकहरुको सुविधाका लागि स्मार्ट फोनबाटै तत्कालै प्राप्त गर्न सकिने कर्जा सुविधा ल्याएको छ ।

आफ्ना ग्राहकहरुलाई आवश्यक रकम तत्कालै उपलब्ध गराउने हेतुले मेगा बैंकले एफ वन सफ्ट इन्टरनेसनल प्रा।लि। सँगको सहकार्यमा यस्तो कर्जा सुविधा ल्याएको हो ।

यस सुविधामार्फत मेगा बैंक नेपाल लिमिटेडमा आफ्नो मासिक तलब खाता भएका विभिन्न संघ संस्था तथा कम्पनीका कर्मचारीहरुले ३० दिनसम्मका लागि अधिकतम २ लाख रुपैंया उपभोग गर्न सक्नेछन् ।

बिना झन्झट, बिना धितो, बैंकमा उपस्थित नभई, बिना कुनै कागजात तत्कालै फोन मार्फत कर्जा पाइने भएकाले यस कर्जा सुविधा निकै छिटो र सहज हुने बैंकले जनाएको छ ।

मेगा स्मार्ट बैंकिङ एपमार्फत अनलाईन आवेदन दिएको केही मिनेटमै ग्राहकलाई ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत् खातामा कर्जा रकम जम्मा गरिनेछ भने कर्जा लिन इच्छुक ग्राहकहरुले बैंकको शाखा भ्रमण गर्नु नपर्ने र अन्य कुनै कागजी प्रक्रियाको झन्झट लिनु नपर्ने समेत बैंकले जनाएको छ । कर्जाको लागि आवश्यक सम्पूर्ण प्रक्रिया अनलाईन मार्फत पुरा भएको अवस्थामा बैंकले तुरुन्त कर्जा प्रवाह गर्ने जनाएको छ ।

himalayan life insurance
igi long