citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

जेठ २५ गतेदेखि राष्ट्रिय वाणिज्य बैंकले ऋणपत्र बिक्री खुला गर्ने

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले जेठ २५ गतेदेखि २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २५ लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो ।

यसमध्ये १० लाख इकाई ऋणपत्र सर्वसाधारणका लागि बिक्री खुला हुनेछ । बाँकी १५ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । राष्ट्रिय वाणिज्य बैंकले ६ वर्ष अवधि भएको आरबीबीएल डिबेन्चर २०८३ जारी गर्न लागेको हो ।

यसमा वार्षिक ८.५ प्रतिशत ब्याजदर दिइने बैंकले जानकारी दिएको छ । यस ऋणपत्रमा जेठ २८ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै ऋणपत्र बिक्री नभएमा असार ८ गतेसम्म बिक्री खुला हुनेछ ।

राष्ट्रिय वाणिज्य बैंकले ऋणपत्र जारी गर्न एनआइबीएल एस क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

बैंकले निष्कासन गर्न लागेको ऋणपत्रलाई कियर रेटिङ नेपालले पर्याप्त मात्रमा सुरक्षित जनाउने इक्रा एनपी सिंगल ए प्लस रेटिङ प्रदान गरेको छ । न्यूनतम २५ कित्तादेखि अधिकतम सबै कित्तासम्म भर्न पाइनेछ । यस ऋणपत्रमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ । पछिल्लो समय बैंकहरुले अतिरिक्त पुँजी जुटाउन ऋणपत्रलाई पनि आधार बनाउन थालेका छन् ।

himalayan life insurance
igi long