citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

हिमालयन र नेपाल इन्भेस्टमेन्ट बैंकबीच विग मर्जरबीच

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौ । हिमालयन बैंक लि. र नेपाल इन्भेष्टमेन्ट बैंक लि.बीच आज मर्जर तथा प्राप्ति सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । बिहीबार नेपाल इन्भेष्टमेन्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वीबहादुर पाँडे र हिमालयन बैंकको तर्फबाट अध्यक्ष तुलसीप्रसाद गौतमले मर्जर सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

मर्जरपछि बन्ने बैंकको नाम, सञ्चालक समिति, अध्यक्ष र स्वाप रेसियो तथा उच्च व्यवस्थापन जस्ता विषयमा सहमति जुटेसँगै मर्जरको प्रारम्भिक सहमतिमा हस्ताक्षर भएको छ । आज दिउँसो ३ बजे छाया कम्प्लेक्सको होटेल अलफ्टमा दुई बैंकका अध्यक्षले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

दुई बैंकबीच कर्मचारी समायोजन, सफ्टवेयर कुन बैंकको चलाउने भन्ने विषयमा भने छलफल भएको छैन । बाँकी कुरा स्वतन्त्र विज्ञबाट मूल्यांकन गराउने र जुन बैंकको उपयुक्त हुन्छ, त्यसलाई नै अगाडि बढाउने अनौपचारिक सहमति भएको छ ।

मर्जरपछि बन्ने बैंकमा हिमालयनबाट तीन र नेपाल इन्भेस्टमेन्ट बैंकबाट तीनजना सञ्चालक रहने सहमति भएको मर्जरसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा उल्लेख छ ।

मर्जरपछि बैंकको नाम ‘हिमालयन एन्ड नेपाल इन्भेष्टमेन्ट’ रहनेछ । सञ्चालक समिति अध्यक्षमा नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडे र प्रमुख कार्यकारी अधिकृत (सीईओ ) हिमालयन बैंकका अशोक राणा हुने छन् । इन्भेष्टमेन्ट सीईओ ज्योति पाण्डे डेपुटी सीईओ हुने छन् ।

यसअघि, नेपाल इन्भेष्टमेन्ट बैंकले दुवै बैंकका सीईओलाई मर्जरपछि पनि सीईओ नै बनाएर सिनियर र जुनियर भनेर जानुपर्ने प्रस्ताव गरे पनि हिमालयन बैंकले त्यसमा असहमति जनाएपछि सहमति जुट्न सकेको थिएन ।

वैशाख १५ अगाडि नै एमओयू गर्ने तयारी भए पनि सीईओमा सहमति नजुट्दा त्यति बेला एमओयू हुन सकेन । तर, नेपाल राष्ट्र बैंकले नै दुवै बैंकलाई बोलाएर दुईजना सीईओ राख्न नमिल्ने भनेपछि इन्भेष्टमेन्टका सीईओ पाण्डेलाई डेपुटी सीईओ बनाउन सहमति जुटेर प्रक्रिया अगाडि बढेको हो । गएको बुधबार नेपाल इन्भेष्टमेन्ट र शुक्रबार हिमालयन बैंकको बोर्डले मर्जरको प्रस्ताव स्वीकृत गरेको थियो ।

मर्जरका लागि गराएको डीडीएमा दुई बैंक एक बराबर एकको स्वापमा मर्जरमा जाने सक्ने देखिएको छ । डीडीएमा हिमालयन बैंकको २८४ अंक र नेपाल इन्भेष्टमेन्ट बैंकको २८१ अंक आएको स्रोतको दाबी छ ।

डीडीएमा हिमालयन बैंक केही माथि भए पनि १ः१ मा जाने अवस्था रहेको स्रोत बताउँछ । दुई बैंक मर्जरपछि बन्ने बैंकको पुँजी कोष ४७ अर्ब नाघ्नेछ भने चुक्ता पुँजी करिब २७ अर्ब पुग्नेछ ।

दुवै बैंकले प्रकाशित गरेको असार मसान्त सम्मको अपरिष्कृत वित्तीय विवरणानुसार मर्जरपछि बन्ने बैंकको निक्षेप ३ खर्ब ११ अर्ब, कर्जा लगानी २ खर्ब ८७ अर्ब, जगेडा कोष १९ अर्ब ७४ करोडको हुनेछ । यस्तै, कर्मचारी २५०० नाघ्नेछ भने शाखा सञ्जाल १५० माथि पुग्नेछ ।

स्रोतका अनुसार एमओयूमा असार मसान्तभित्रै एकीकृत कारोबार सुरु गर्ने लक्ष्य लिइएको छ । मर्जरमा जाने सम्झौतासँगै हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार कम्पनीमा पनि असार मसान्तसम्म रोक्का हुने भएको छ ।

No description available.

himalayan life insurance
igi long