सानिमा बैंकको खुद नाफा १४.६७% बढ्यो
काठमाडौं । सानिमा बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १४.६७% ले खुद नाफा वृद्धि गरी १ अर्ब ८५ करोड ६१ लाख रुपैयाँ पुर्याएको छ ।
बैंकले गत वर्षको यसै अवधिमा भने १ अर्ब ६१ करोड ८७ लाख रुपैयाँ खुद नाफा गरेको थियो । सानिमाको वितरण योग्य नाफा १ अर्ब ४० करोड ९५ लाख रुपैयाँ छ । खुद ब्याज आम्दानी ०.९०% ले मात्र बढेको छ । तर सञ्चालन नाफा १४.९६% ले बढेपछि खुद नाफामा सुधार भएको देखिन्छ ।
बैंकले निक्षेप संकलन १४.५०% र कर्जा लगानी २५.५५% ले रुपमा विस्तार गरेको छ । रिजर्भ कोष १७.२२% ले बढेर ३ अर्ब ३० करोड ५८ लाख रुपैयाँ पुगेको छ ।
प्रतिसेयर आम्दानी भने ९६ पैसाले मात्र बढेर २५ रुपैयाँ ७३ पैसा कायम भएको छ । सानिमाको प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ७० पैसा छ । सानिमा बैंकको व्यवस्थापनले कोरोना महामारीको प्रतिकूल समयमा पनि बैंककोे वित्तीय अवस्था सन्तोषजनक रहेको विश्लेशण गरेको छ ।























