citizens life insurance long ad
stcnepal long ad

ग्लोबल आइएमई बैंकको साढे ३ अर्ब नाफा, इपीएस कति ?

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ग्लोबल आइएमई बैंकले ३ अर्ब ५७ करोड ८२ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

यो अघिल्लो वर्षको यसैअवधिमा भन्दा ३२.४०% ले बढी हो । अघिल्लो वर्ष यसैअवधिमा बैंकले २ अर्ब ७० करोड २६ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । चैत मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफामा पनि आकर्षक सुधार आएको छ ।

वितरण योग्य नाफा ३४२.५४% ले बढेर २ अर्ब ५६ करोड ४५ लाख ८१ हजार रुपैयाँ पुगेको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले खुद नाफा विस्तार हुन सहयोग पुगेको हो ।

खुद ब्याज आम्दानी १४.४३% ले बढेर ६ अर्ब ८७ करोड २ लाख १२ हजार रुपैयाँ पुगेको छ । साथै, सञ्चालन नाफा पनि ३२।७५५ ले बढेर ५ अर्ब ३ करोड ८२ लाख ८५ हजार रुपैयाँ पुगेको छ ।

खराब कर्जा ०.४७% ले बढेर १.६१% पुगेको छ । अघिल्लो वर्ष खराब कर्जा १.१४% थियो । कस्ट अफ फन्ड ४.६४% छ । चैत मसान्तसम्म आइपुग्दा ग्लोबल आइएमई बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ०५ पैसा र प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ९२ पैसा छ ।

IME Life
kumari