हिमालयन बैंकको खुद नाफा ४४.४५% ले घटे
काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म को वित्तीय विवरण सार्वजनिक गरेको छ । चैत मसान्तसम्म खुद नाफा घटेर १ अर्ब २८ करोड ७१ लाख रुपैयाँमा सीमित भएको छ ।
यस्तै, वितरण योग्य नाफा पनि ८४ करोड ७६ लाख रुपैयाँ छ । खुद ब्याज आम्दानी २९.४५% र सञ्चालन नाफा ३९.०८% ले घटेका छन् । बैंकले निक्षेप संकलन र कर्जा लगानी भने विस्तार गरेको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेपछि खुद मुनाफा पनि संकुचन भएको हो ।
रिजर्भ कोष भने बढेको छ । प्रतिसेयर आम्दानी पनि १६ रुपैयाँ ९० पैसाले घटेर १६ रुपैयाँ ६ पैसामा सीमित भएको छ । हिमालयन बैंकको खुद नाफा घटेपनि विगतका २ वटा त्रैमासको तुलनामा भने नाफा कमाउने क्षमतामा वृद्धि भएको बैंक व्यवस्थापनले जानाएको छ ।
बजारमा बैंक तथा वित्तीय संस्थाको अत्याधिक उपस्थितिका कारण प्रतिस्पर्धा बढ्नुलाई प्रमुख समस्या र चुनौतीका रुपमा बैंकले ठहर गरेको छ ।





















