stcnepal long ad
global ime bank long

हिमालयन बैंकको एससिटि युनियन पे कार्ड सेवा शुरु

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन बैंक र युनियन पे को सहकार्यमा हिमालयन बैंक एससिटि युनियन पे कार्ड सेवा शुरु भएको छ । भिडियो कन्फ्रेन्सको माध्यमबाट संचालित विशेष समारोहबिच उक्त सेवा शुरु गरेको बैंकले जनाएको छ ।

यूनियन पे का प्रतिनिधिले हिमालयन बैंकले एचविएल यूनियनपे एससिटि को ब्राण्डेड कार्ड ग्राहकहरुका लागि जारी गर्न सुरु गरेकोमा प्रशन्नता व्यक्त गरेका थिए । त्यस्तै निकट भविष्यमा बैंकसँंगको सहकार्यमा उक्त कार्ड कन्ट्याक्टलेस पस, क्यूआर तथा वालेटहरुमा स्विकार्य हुने जनाएको छ ।

सो कार्ड नेपाल तथा भारतका प्राय सबै एटिएम तथा पस टर्मिनलमा चल्नेछ । भारतमा उच्च शिक्षा अध्ययनरत विद्यार्थी, भ्रमण गर्न तथा व्यवसायिक सिलसिलमा भारत गएका व्यापारी व्यवसायीहरुका लागि उक्त कार्डबाट भुक्तानी गर्न सहज हुनेछ ।

हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर ज.ब.र. ले यूनियन पे तथा एससि टिसँग सहकार्य गरी “एच वि एल यूनियनपे एस सि टि कार्ड” संचालनमा ल्याएकोमा प्रसन्नता व्यक्त गरे ।

IME Lifesidebar
kumari