stcnepal long ad
global ime bank long

प्रभु बैंकको महादेव फाँटमा २१४औं शाखा कार्यालय

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा २०७८ वैशाख ८ देखि नुवाकोटको वेलकोटगढी नगरपालिका वडा नं. ७ स्थित महादेवफाँटमा आफ्नो २१४औं शाखा सञ्चालनमा ल्याएको छ । बैंक महादेवफाँट शाखा कार्यालयको समुद्घाटन प्रमुख अतिथी वाग्मति प्रदेशका मुख्य सचेतक केशवराज पाण्डेले  गर्नु भएको हो ।

उक्त महादेवफाँट शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी वाग्मति प्रदेशका मुख्य सचेतक केशवराज पाण्डेले प्रभु बैंकले आफ्नो  बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले देशभरि नै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै बैंकलाई सफलताको शुभकामना व्यतmगर्नुभयो ।

बैंकको महादेवफाँट शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महादेवफाँट शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

 

IME Lifesidebar
kumari