लुम्बिनी विकास बैंकको एकैदिन ३ वटा शाखा उद्घाटन
काठमाडौं । लुम्बिनी विकास बैंकले देशका विभिन्न ठाउँका ग्राहकहरुलाई बैंकिङ्ग सेवा पु¥याउने उदेश्यले थप ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
दमक नगरपालिका, बिर्तामोड नगरपालिका र कावासोती नगरपालिकामा नयाँ खोलिएका शाखाहरु रहेका छन् । यो सँगैं बैंकको शाखाको संख्या ७२ पुगेको छ । हाल विकास बैंकको शाखा सञ्जाल देशका सातवटै प्रदेशका २९ जिल्लामा पुगिसकेको छ ।
२०७७ चैत मसान्त सम्ममा विकास बैंकले कुल कर्जा ३२ अर्ब ३ करोड प्रवाह गरी ३४ अर्ब ९५ करोड निक्षेप संकलन गरेको छ ।























