stcnepal long ad
global ime bank long

महालक्ष्मी विकास बैंकको नाफामा सामान्य सुधार, अन्य वित्तीय अवस्था कस्तो ?

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ४० करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ दशमलव ५७ प्रतिशतले बढी हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २ दशमलव ६४ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ० दशमलव ६४ प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको वितरण योग्य मुनाफा ४ करोड ९८ लाख रुपैयाँबाट बढेर २५ करोड ७६ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ १५ पैसा घटेर १६ रुपैयाँ १० पैसामा झरेको हो। बैंकको मूल्य आम्दानी अनुपात १९.२५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ९० पैसा रहेको छ।

समीक्षा अवधिमा बैंकको निक्षेप १ दशमलव ३८ प्रतिशत घटेको छ भने कर्जा लगानी १ दशमलव १४ प्रतिशत घटेको छ। कर्जा लगानी घटेपनि बैंकको निष्क्रिय कर्जा भने बढेको छ।

IME Lifesidebar
kumari