stcnepal long ad
global ime bank long

कामना सेवा बैंकले ५८ करोड ६१ लाख खुद नाफा कमायो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ५८ करोड ६१ लाख ५६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २१ करोड ५४ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

बैंकले सार्वजनिक गरेको विवरण अनुसार समीक्षा अवधिमा बैंकको वितरण योग्य मुनाफा ५८ लाख ४२ हजार रुपैयाँबाट बढेर ३८ करोड ८८ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २५.७३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ९५.०८ प्रतिशत बढेको छ। इम्पेरमेन्ट चार्ज ७६.५५ प्रतिशत घटेसँगै सञ्चालन मुनाफामा उल्लेख्य वृद्धि देखिएको हो।

त्यस्तै, बैंकको खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि उल्लेख्य सुधार भएको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १८ रुपैयाँ १६ पैसा बढेर २९ रुपैयाँ ४७ पैसा पुगेको छ। बैंकको मूल्य आम्दानी अनुपात ११.९४ गुणा रहको छ भने प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ ३५ पैसा रहेको छ।

 

IME Lifesidebar
kumari