stcnepal long ad
global ime bank long

एभरेष्ट बैंकद्वारा न्यूरोड कम्प्लेक्समा सारिएको न्यूरोड शाखाको औपचारिक उद्घाटन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल आइतबार, १८ फागुन २०७६

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो न्यूरोड कम्प्लेक्समा अवस्थित न्यूरोड शाखा औपचारिक रुपमा संचालनमा ल्याएको छ । बैंकको नयाँ परिसरमा ग्राहक मैत्री संरचना मात्र नभएर यसले आधुनिक बैकिङ्ग सुविधाहरु पनि प्रदान गर्दछ ।

नयाँ शाखा परिसरको औपचारिक उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले गर्नुभएको हो ।      सोही समारोहमा डेपुटी गर्भनर र प्रमुख कार्यकारी अधिकृत जीके नेगीले शाखाका पुराना तथा वफादार ग्राहकहरुलाई संयुक्त रुपमा सम्मानित गरेका छन् ।

चेक डिपोजिट, यूटिलिटी बिल भुक्तानी र एटीएम जस्ता आधुनिक बैकिङ्ग सुविधाहरु र ई–लबी मार्फत ग्राहकहरुलाई सहज बैकिङ्ग सेवा प्रदान गर्न यो शाखालाई डिजाइन गरिएको छ । सो अवसरमा अन्य विशिष्ठ अतिथिहरु डा. सन्धिर कुमार, डीजीएम र बैंकका अन्य वरिष्ठ अधिकारीहरुको उपस्थिति रहेको थियो ।
इ–बीएलको हाल ग्राहक संख्या १० लाख भन्दा बढि रहेको छ । एभरेष्ट बैंक, हालै Best Managed Commercial Bank, 2019 बाट सम्मानित हुनुका साथैै Camels Rating अन्तर्गत Best Rated commercial Bank बैंक बन्न सफल भएको छ । बैंकले ९५ स्थानिय शाखा, ३ एक्सटेन्शन काउन्टर, ३० राजस्व संकलन काउन्टर, १२३ एटिएम बाट मजबुत सेवा प्रदान गदै आईरहेको छ ।

IME Lifesidebar
kumari