stcnepal long ad
global ime bank long

एनआईसी एशिया बैंकले ल्यायो नयाँ वर्ष विशेष योजना

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एनआईसी एशिया बैंकले डिजिटल भुक्तानीमा २० प्रतिशतसम्मको आकर्षक छुट तथा नगद फिर्ताको योजना सार्वजनिक गरेको छ ।

यस आकर्षक योजना अन्तर्गत सस्तोडिल, ग्यापु, मार्केटप्लेस र स्टकग्रयापबाट २०७८ वैशाख ३ सम्म विभिन्न सामग्रीहरू खरिद गरी बैंकका ग्राहकहरूले ई–कमर्श मार्फत भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम १५०० सम्म नगद रकम फिर्ता प्राप्त गर्न सक्नेछन् ।

साथै, बैंकले दराजसँग सहकार्य गर्दै ग्राहकहरूलाई ई–कमर्श मार्फत भुक्तानीमा २० प्रतिशत वा अधिकतम १५०० सम्म छुटको योजना समेत ल्याएको छ ।

नेपालमा अनलाईन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच नयाँ वर्षका बेला अझ बृद्धि हुने प्रक्षेपणअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त उक्त ई–कमर्श कम्पनीहरूबाट सामग्री खरिद गर्दा आकर्षक छुट तथा नगद फिर्ताको व्यवस्था गरेको हो ।

एनआईसी एशिया बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइटमा रहेको इसर्भिस मार्फत समयमै आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन सक्नेछन् ।

साथै, बैंकले काठमाडौं मेरियट होटल र दृष्य लज मा नयाँ वर्ष इभको दिन सेवा लिई यस बैंकको कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सकिने योजना समेत ल्याएको छ ।

बैंकले म्युजिक नेपालसँग सहकार्य गरी मोमो एप मार्फत एनआइसी एशिया २०७८ कुपन कोड प्रयोग गरी आफ्नो ग्राहकहरूको लागि निःशुल्क रुपमा एक महिनाको लागि सब्सक्रिसन हुने गरी विभिन्न लोकप्रिय गीत तथा संगीत सुन्न तथा चलचित्र हेर्न सकिने व्यवस्था गरेको छ ।

IME Lifesidebar
kumari