stcnepal long ad
global ime bank long

ग्रीन डेभलपमेण्ट बैंकको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंकको साधारण सभा सम्पन्न भएको छ । सभाले ३ दशमलव ८ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव २० प्रतिशत नगद लाभाशं पारित गरेको हो । उक्त सभा पोखराको होटल वाराहीमा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०७६/०७७ को वित्तीय विवरण पारित गर्नुका साथै सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने दुई जना संचालकहरु समेत निर्वाचित गरेको छ ।

साधारण सभावाट प्रकाश कुमार श्रेष्ठ र विश्व मोहन अधिकारी संचालक पदमा निर्विरोध निर्वाचित भएका छन्।

संचालक अधिकारी लेकसिटी होल्डिङस् प्रा।लिको प्रतिनिधिको रुपमा निर्वाचित भएका हुन् । त्यस्तै, सभामा सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गर्ने सम्बन्धमा छलफल गरी पारित भएको छ ।

IME Lifesidebar
kumari