सानिमा बैंक र फ्युचर वर्ल्डबीच छुटसम्बन्धी सम्झौता

आर्थिक सञ्जाल । शुक्रबार, १६ फागुन २०७६
काठमाडौं । सानिमा बैंक र आस्ट्रल कम्प्युटर्स नेपाल (फ्युचर वर्ल्ड) बीच छुटसम्बन्धी सम्झौता भएको छ । यस बैंकका ग्राहकलाई एपलका प्रडक्ट जस्तैः आइफोन, आइप्याड, म्याकबुक तथा अन्य एशेसरिजमा विशेष छुट दिनेसम्बन्धी सम्झौता भएको हो ।
सम्झौतापत्रमा बैंकको डिजिटल बैंकिङ्ग विभागका प्रमुख विक्रम श्रेष्ठ र आस्ट्रल कम्प्युटर्स नेपालका महाप्रबन्धक नवीन जोशीले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार सानिमा बैंकका ग्राहकहरुले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी काठमाडौंको सुनधारास्थित सिभिल मल अवस्थित फ्युचर वर्ल्डमा एपलका प्रोडक्ट खरिद गर्दा ६ हजार रुपैयाँसम्म नगद तथा ७ हजार रुपैयाँसम्मका एशेसरिज पाउने छन् ।
साथै, बैंकका ग्राहकहरुले क्रेडिट कार्डमार्फत १८ महिनाको मासिक किस्ता भुक्तानी गर्न सक्ने छन् ।