stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

एनसीसी बैंक अवकाश कोषद्वारा ७५ प्रतिशत लाभांश वितरण

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । बिहीबार, १५ फागुन २०७६

काठमाडौं । एनसीसी बैंक अवकाश कोषले संचित बचतबाट ७५ प्रतिशत लाभांश वितरण गरेको छ । कोषले गत असार मसान्तसम्मको संचित बचतबाट उक्त लाभांश वितरण गरेको हो ।

आफ्ना ३०० भन्दा बढी संघसंस्थाका सबै ग्राहक कर्मचारीहरुलाई सोही अवधिको संचित अवकाश कोष्मा रहेको मौज्द्धातको १ दशमलव ४९ प्रतिशत लाभांश कोषले खातामै जम्मा गरिदिएको हो ।

कोषले विगतका वर्षहरुमा पनि आफ्नो संचित बचत रकमबाट आफ्ना बचतकर्ताहरुलाई लाभांश वितरण गर्दै आएको बताएको छ । सबै व्यक्तिगत संचयकर्ताहरुका लागि प्रत्येक वर्ष रू. १५ हजारसम्मको निः शुल्क औषधोपचार बीमा सुविधा समेत प्रदान गर्दै आएको जानकारी दिएको छ ।

नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड अन्तर्गत रही नेपाल राष्ट्र बैंक र नेपाल सरकार, आन्तरिक राजश्व विभागबाट स्वीकृति लिई विगत १७ वर्षदेखि कारोबार सञ्चालन गर्दै आएको छ ।

कोषले देशभर १२१ शखाहरु मार्फत संचयकोष, अवकाश कोष, उपदान कोष, संचित बिदा कोष लगाएत अन्य कोषहरुको खाता खोल्ने काम गर्दै आएको छ । साथै , संचित बचतको ९० प्रतिशतसम्म कर्जा दिने एबम् अवकाश पाएका कर्मचारीहरुको संचित कोष रकम फिर्ता दिने जस्ता काम गर्दै आएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari