एनसीसी बैंक अवकाश कोषद्वारा ७५ प्रतिशत लाभांश वितरण

आर्थिक सञ्जाल । बिहीबार, १५ फागुन २०७६
काठमाडौं । एनसीसी बैंक अवकाश कोषले संचित बचतबाट ७५ प्रतिशत लाभांश वितरण गरेको छ । कोषले गत असार मसान्तसम्मको संचित बचतबाट उक्त लाभांश वितरण गरेको हो ।
आफ्ना ३०० भन्दा बढी संघसंस्थाका सबै ग्राहक कर्मचारीहरुलाई सोही अवधिको संचित अवकाश कोष्मा रहेको मौज्द्धातको १ दशमलव ४९ प्रतिशत लाभांश कोषले खातामै जम्मा गरिदिएको हो ।
कोषले विगतका वर्षहरुमा पनि आफ्नो संचित बचत रकमबाट आफ्ना बचतकर्ताहरुलाई लाभांश वितरण गर्दै आएको बताएको छ । सबै व्यक्तिगत संचयकर्ताहरुका लागि प्रत्येक वर्ष रू. १५ हजारसम्मको निः शुल्क औषधोपचार बीमा सुविधा समेत प्रदान गर्दै आएको जानकारी दिएको छ ।
नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड अन्तर्गत रही नेपाल राष्ट्र बैंक र नेपाल सरकार, आन्तरिक राजश्व विभागबाट स्वीकृति लिई विगत १७ वर्षदेखि कारोबार सञ्चालन गर्दै आएको छ ।
कोषले देशभर १२१ शखाहरु मार्फत संचयकोष, अवकाश कोष, उपदान कोष, संचित बिदा कोष लगाएत अन्य कोषहरुको खाता खोल्ने काम गर्दै आएको छ । साथै , संचित बचतको ९० प्रतिशतसम्म कर्जा दिने एबम् अवकाश पाएका कर्मचारीहरुको संचित कोष रकम फिर्ता दिने जस्ता काम गर्दै आएको छ ।