दिपेश लम्साल महालक्ष्मी विकास बैंक लि.को का.मु प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति
काठमाडौं । महालक्ष्मी विकास बैंक लि. कोे २०७७ माघ २९गते बसेको सञ्चालक समितिको ४७५ औं बैठकले बैंकका नायव प्रमुख कार्यकारी अधिकृत दिपेश लम्साललाई बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्नुका साथै बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पेको छ ।
बिगत १२ बर्ष देखि महालक्ष्मी बिकास बैंकमा कार्यरत लम्सालको बिभिन्न वाणिज्य तथा विकास बैंकको सम्पूर्ण क्षेत्रहरुमा २५ बर्षको बैकिङ्ग अनुभब रहेको छ । केन्दि«य बैंकको नीति नियम भित्र रहेर सम्पूर्ण ग्राहक, शेयरधनी तथा कर्मचारीहरुको हितमा कार्य गर्दै गुणस्तरीय सेवा तथा उचित प्रतिफल प्रदान गर्न आफु केन्दि«त हुने लम्सालले बतााउनु भएको छ ।






















