citizens life insurance long ad
stcnepal long ad

हिमालयन बैंकको वित्तीय सूचकहरुमा गिरावट

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालय बैंकको प्रमुख वित्तीय सूचकहरुमा गिरावट आएको छ । गत वर्षको तुलनामा खुद नाफा ६२.५१% ले घटेर चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६५ करोड ३२ लाख ६७ हजार रुपैयाँमा सीमित भएको छ ।

गत वर्ष बैंकले १ अर्ब ७४ करोड २४ लाख ६ हजार रुपैयाँ नाफा गरेको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवैमा गिरावट आएपछि खुद नाफामा पनि भारी मात्रामा घटेको हो । वितरणयोग्य नाफा पनि ५७.८९% ले घटेर ३९ करोड १३ लाख ३४ हजार रुपैयाँमा सीमित भएको छ ।

यता, निक्षेप संकलन बढेपनि कर्जा लगानी ७.१६% ले घटेको छ । चुक्ता पुँजी र रिजर्भ कोषमा सामान्य सुधार भएको छ । तर रिटेन्ड अर्निङ भने ५९.२४% ले घटेको छ । यस्तै, प्रतिसेयर आम्दानी र नेटवर्थ दुवै भारी मात्रामा घटेका छन् ।

प्रतिसेयर आम्दानी २८ रुपैयाँ ६७ पैसाले घटेर १२ रुपैयाँ २३ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ पनि ४२ रुपैयाँ ६५ पैसाले घटेर १६५ रुपैयाँ ५५ पैसामा आएको छ । दोस्रो त्रैमासको प्रतिसेयर आम्दानी र नेप्सेमा बुधबारको अन्तिम कारोबार मूल्यलाई आधार मान्ने हो भने हिमालयनको मूल्य आम्दानी अनुपात ४५.७९ गुणा देखिन्छ ।

IME Life
kumari