४०.६९% ले स्टान्डर्ड चार्टर्ड बैंकको नाफा घटे
काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नाफा ४०.६९% ले घटेर ७२ करोड ७६ लाख ३९ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यसैअवधिमा बैंकले १ अर्ब २२ करोड ६९ लाख १३ हजार रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले पनि नाफा घट्न दबाब पुगेको देखिन्छ ।
साथै, खराब कर्जा बढेकाले पनि बैंकको नाफामा असर गरेको हो । एक वर्षको अवधिमा खुद ब्याज आम्दानी ३७.२८% ले घटेर १ अर्ब १५ करोड २१ लाख ९ हजार रुपैयाँमा सीमित भएको छ ।
साथै, सञ्चालन नाफा पनि ४०.६९% ले घटेर १ अर्ब ४ करोड ४० लाख ६५ हजार रुपैयाँमा आएको छ । खराब कर्जा १.३७% ले बढेर १.५४%पुगेको छ ।
यता, बैंकको कर्जा विस्तार पनि घटेको छ । यसको असर पनि नाफामा परेको देखिन्छ । कर्जा विस्तार २.१५% ले घटेर ५३ अर्ब १२ करोड ४८ लाख ९४ हजार रुपैयाँमा सीमित भएको छ ।
निक्षेप संकलन भने ३६.८४% ले बढेको छ । प्रतिसेयर आम्दानी पनि १३ रुपैयाँ ६५ पैसाले घटेर वार्षिक १६ रुपैयाँ ९८ पैसा कमयम भएको छ । प्रतिसेयर नेटवर्थ १८२ रुपैयाँ ४७ पैसा छ ।























