citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

अब अष्ट्रेलियाबाट पनि इजीलिंकको सेवा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । इजीलिंक रेमिट्यान्सले आफ्नो सेवा अष्ट्रेलियाबाट आरम्भ गरेको छ । अष्ट्रेलियाको सिड्नीमा कार्यालय रहेको मनिद्रान्सफर कम्पनी इजीलिंक द्रान्सफर पिटिवाइ एलटिडी संग सम्झौता गरिएको हो । उक्त सम्झौता पत्रमा इजीलिंकअष्ट्रेलियाको तर्फबाट एकराज खनाल र केशब आचार्यसाथै इजीलिंक नेपालको तर्फबाट डिपि अर्याल र दिपेन्द्र खनाल ले संयुक्त रुपमा हस्ताक्षर गरे ।

“रेमिट्यान्सको रकम उत्पादनशील क्षेत्रमा लगानी गरौं” भन्ने मुल नाराका साथ विगत २३ बर्ष देखी देशमा रेमिट्यान्स भित्राउदै आएको सेवा प्रदायक कम्पनी इजीलिंक रेमिट्यान्स प्रा.लि. ले आफ्नो सेवालाइविस्तार गरेको हो ।

कार्यक्रममा इजीलिंक रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत डि.पि. अर्याल र कम्पनीका ब्राण्ड एम्बासडर रवि लामिछानेले त्यहाँ रहेका नेपालीहरुलाइ बैधानिक तरिकाले आफुले कमाएको रकम नेपाल पठाउन इजीलिंक रेमिट्यान्सको प्रयोग गर्न आग्रह गर्नु भएको छ ।

अहिले अष्ट्रेलियामा १ लाख ५० हजार भन्दा बढी नेपालीहरु रहेको अनुमान गरिएको छ । हुण्डीको कारोवार धेरै हुने देशको रुपमा अष्ट्रेलियालाइ लिइदै आइएको छ ।

इजीलिंक रेमिट्यान्सले जापान, कोरिया, साइप्रस, अष्ट्रेलिया लगायत विश्वका विभिन्न मलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्रयाइरहेको छ । अष्ट्रेलियाबाट सेवा आरम्भ गरेपछि अबैधानिक बाटोबाट नेपालमा रकम पठाउने कार्य निरुत्साहित हुने साथै आफ्ना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजान कम्पनीले जनाएको छ।

himalayan life insurance
igi long