बैंक अफ काठमाण्डूको १३% बोनस सेयर सूचीकरण
काठमाडौं । नेप्सेमा बैंक अफ काठमाण्डूको १ करोड ११ लाख १२ हजार ८९० कित्ता बोनस सेयर सूचीकृत भएको छ । बैंकले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट १३% बोनस सेयर वितरण गरेको थियो ।
सोही बोनस सूचीकृत भएको हो । हाल बैंक अफ काठमाण्डूको चुक्ता पुँजी ८ अर्ब ५४ करोड ६८ लाख ८७ हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि चुक्ता पुँजी ९ अर्ब ९१ करोड ४५ लाख ८२ हजार ६३६ पुगेको छ ।






















