citizens life insurance long ad
stcnepal long ad

माघ ११ गतेबाट नेपाल  इन्भेष्टमेन्ट बैंक र सिटी एक्सप्रेस फाइनान्सको एकीकृत कारोबार सुरु हुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई एक्वायर गरेर माघ ११ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ । दुवै संस्थालाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले मंसिर १८ गते र कम्पनी रजिष्ट्रार कार्यालयले पुस ३ गते अन्तिम स्वीकृति दिइ सकेका छन् । दुवै एक भएपछि अब नेपाल इन्भेष्टमेन्ट बैंकको नामबाट एकीकृत कारोबार हुनेछ ।

दुवै संस्थाको असोज २६ गते सम्पन्न साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए । सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १०.३० सेयर स्वाप रेसियोमा एक्वायर प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिएको छ ।

यसर्थ, सिटी एक्सप्रेसको १०० कित्ता सेयर हुनेले इन्भेष्टमेन्ट बैंकको ३० कित्ता सेयर पाउने छन् । इन्भेष्टमेन्ट बैंकमा विलय हुने भएसँगै हाल सिटी एक्सप्रेस फाइनान्सको सेयर कारोबार रोक्का छ । यस फाइनान्सको गत पुस २८ गतेदेखि दोस्रो बजारमा सेयर कारोबार रोकिएको हो ।

IME Life
kumari