citizens life insurance long ad
stcnepal long ad

माछापुच्छ्रे बैंक र एडीबीबीच टीएसिफपी सम्झौता

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । माछापुच्छ्रे बैंक र एशियन डेभलपमेन्ट बैंक (एडीबी) बीचएडीबीको ट्रेड एण्डसप्लाई चेन फाइनान्स प्रोग्राम अन्र्तगत कर्जा तथा ट्रेड सहयोगको लागि सम्झौताभएको छ । उक्त सम्झौता पत्रमा एशियन डेभलपमेन्ट बैंक (एडीबी)को तर्फबाट स्टेभनविक सल्लाहकार तथा प्रमुख ट्रेड एण्ड सप्लाई चेन फाइनान्स, प्राईभेट सेक्टर संचालन विभाग तथा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन ।

एडीबीको एएए क्रेडिट मान्यता प्राप्त ट्रेड एण्डसप्लाई चेन फाइनान्स प्रोग्रामले एसियामा शुक्रबार २०० भन्दा बढी बैंकहरुसंग सहकार्य गरिसकेको छ । उक्त सम्झौता पश्चात माछापुच्छ्रे बैंकका कृषि क्षेत्र, निर्माण सामग्री तथा मेसिनरी, सोलार प्यानल तथा टेक्सटायल जस्ता विभिन्न क्षेत्रका साना तथा मझौला व्यवसायी ग्राहकहरुलाई अन्तर्राष्ट्रिय बजारमा ट्रेड तथा ग्यारेन्टीसंग सम्बन्धितकार्यमा सहज हुने बताइएको छ ।

स्थापनाकालदेखि नै माछापुच्छ्रे बैंक लिरिटेल, कर्पोरेट तथा ट्रेजरी जस्ता सम्पूर्ण व्यावसायिक सेवाको क्षेत्रमानयाँनयाँप्रविधिहरुको माध्यमबाट सरल र सहज बैंकिङ्ग सेवाप्रदानगर्नकालागि कटिवद्ध रहदै आएको छ ।

IME Life
kumari