citizens life insurance long ad
stcnepal long ad

नेपाल बैंकको १६ प्रतिशत लाभांश पारित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल बैंक लिमिटेड प्रधान कार्यालय, धर्मपथ, काठमाडौंबाट भर्चुअल मार्फत आयोजना गरिएको यस बैंकको ६१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाले हालको चुक्ता पूँजी .११,२८,२८,२०,२०० रुपैयाँको ४ प्रतिशतका दरले हुन आउने ४५,१३,१२,८०८ रुपैयाँ नगद लाभांश (लाभांश कर समेत) र चुक्ता पूँजीको १२ ९बाह्र० प्रतिशतका दरले हुन आउने .१,३५,३९,३८,४२४ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

यस अवसरमा बैंकको आर्थिक वर्ष २०७६/०७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७६/०७७ को नाफा÷नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित भयो ।

साथै, बोनश शेयर वितरणबाट बैंकको साविक जारी तथा चुक्ता पूँजीमा वृद्धि गरी १२,६३,६७,५८,६२४ रुपैयाँ कायम गर्ने र सोही बमोजिम प्रवन्धपत्र तथा नियमावलीको सम्बन्धित दफामा संशोधन गर्ने लगायत साधारण सभामा पेश भएका प्रस्तावहरु समेत सर्वसम्मतरुपमा पारित गरेको छ ।

साथै, साधारण सभामा तय भएको सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम मतदान प्रकृया मार्फत सम्पन्न भई विवेक शमशेर ज.ब.रा विष्णु कुमार अग्रवाल र कर्मचारी सञ्चय कोषका प्रतिनिधि ओम कृष्ण श्रेष्ठ सञ्चालक पदमा निर्वाचित हुनु भएको छ ।

 

IME Life
kumari