citizens life insurance long ad
stcnepal long ad

सेञ्चुरी कमर्सियल बैंकको लाभांश पारित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको नवौ तथा दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार सम्पन्न वार्षिक साधारण सभाले बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पारित गरेको छ ।

सभाले शेयरधनीहरुलाई आ.व. २०७५/०७६ को मुनाफाबाट चुक्ता पुँजी रकम रु. ८,४१,५४,७१,५७६.३० मा ४.७५ प्रतिशत नगद लाभांश (कर सहित ) र २ प्रतिशत बोनश शेयर तथा उक्त बोनश शेयर वितरण पश्चात् हुन आउने चुक्ता पुँजी रकम ८,५८,३७,८१,००० रुपैयाँमा आ.व. २०७६/०७७ को मुनाफाबाट ५.२५ प्रतिशत बराबरको बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांश (कर सहित ) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

दशौं वार्षिक साधारण सभा बैंकको अध्यक्ष राजेश कुमार श्रेष्ठ अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा सम्पन्न भएको हो । साधारण साथै साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७५ /०७६ र २०७६/०७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाट लगायतका प्रतिवेदन पारित गरेको छ ।

साधारण सभाले संस्थापक शेयरधनीहरुबाट प्रतिनिधित्व गर्न तीन जना संचालक रमेश कुमार निरौला, मन बहादुर राई र रण बहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ । चालु आवको असोज मसान्तसम्म यस बैंकले कुल निक्षेप ८२.४२ अर्व रुपैयाँ र कर्जा रकम ६६.९३ अर्व रुपैयाँ परिचालन गरी २२.०२ करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ ।

IME Life
kumari