stcnepal long ad
global ime bank long

नेपाल बैंकको आठराई शाखा सञ्चालनमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । सोमबार, १२ फागुन २०७६

तेह्रथुम । नेपाल बैंक लिमिटेडको आठराई शाखा सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार एक विशेष समारोहबीच सो शाखाको उद्घाटन गर्नुभएको बैंकले जनाएको छ ।

उद्घाटन पश्चात् तेह्रथुम जिल्ला, आठराई गाउँपालिका– १, सङ्क्रान्ति बजारमा अवस्थित आठराई शाखाबाट आइतबारदेखि सम्पूर्ण बैंकिङ कारोवार शुरु भएको छ । शाखाको समुद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाल बैंकको १७७औँ शाखाका रुपमा पुनःस्थापित आठराई शाखाले यस भेगमा नै बैंकिङ कारोवार मार्फत आर्थिक विकासमा मद्दत पु¥याउने विश्वास व्यक्त गरेका थिए। प्रधानमन्त्री ओलीले बैंकसँग कारोवार गरी आफ्नो आर्थिक उन्नति गर्न सबैलाई आह्वान समेत गरे  ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले अन्य प्रतिस्पर्धी बैंकको तुलनामा नेपाल बैंकमा कर्जामा कम व्याजदर हुनुका साथै निक्षेपको सुरक्षण र सहुलियतपूर्ण कर्जा सुविधा उपलब्ध भएकाले बैंकिङ कारोवार मार्फत आफ्नो व्यवसाय विस्तार गर्न र उद्यमी बन्न सबै वर्ग समुदायलाई आग्रह गरे  ।

नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले आम नागरिकमा बैंकिङ पहुँच पु¥याउने लक्ष्यअनुरुप देशका विभिन्न स्थानमा विगतमा बन्द भएका शाखाको पुनःस्थापना तथा नयाँ शाखा कार्यालय स्थापना गर्दै बैंकिङ कारोवार गर्दै सबै नेपालीलाई बैंकिङ पहुँच पु¥याउने अभियानमा बैंक रहेको बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले व्यावसायिक सभ्याव्यताका आधारमा विभिन्न कर्जा सुविधा तथा निक्षेप योजना ल्याई सबैसँग व्यावसायिक साझेदारीका रुपमा बैंक अगाडि बढेको बताउँदै बजारको मागअनुरुपका नयाँ कार्यक्रमका साथ अत्याधुनिक बैंकिङ सेवा सुविधा सहित बैंकले आफ्ना सबैं सेवाग्राहीलाई सन्तुष्टि प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

विसं १९९४ कात्तिक ३० गते नेपाल सरकार र निजी क्षेत्रको साझेदारीमा स्थापना भई अविच्छिन्नरुपमा नेपालमा बैंकिङ सेवा प्रवाह गर्दै आएको नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले ८३ वर्षको इतिहास बनाएको छ । बैंकमा नेपाल सरकारको ५१ प्रतिशत र निजी क्षेत्रको ४९ प्रतिशत शेयर हिस्सा कायम रहेको छ । बैंकले देशका ६३ जिल्लामा रहेका १७७ शाखा, २६ एक्स्टेन्सन काउण्टर तथा ११९ एटिएम मार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

IME Lifesidebar
kumari