सानिमा क्यापिटलले माघ ९ बाट सानिमा लार्ज क्याप फन्ड निष्कासन गर्दै
काठमाडौं । सानिमा क्यापिटलले माघ ९ गतेदेखि सानिमा लार्ज क्याप फन्ड बिक्री गर्ने भएको छ । क्यापिटलले सानिमा म्युचुअल फन्ड अन्तर्गत १० करोड इकाई बिक्री खुल्ला गर्न लागेको हो । जसमध्ये फन्डले १५% अर्थात १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक सानिमा बैंकलाई सुरक्षित राखेको छ । बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो ।
सानिमा क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ इकाई बिक्रीमा ल्याउन लागेको हो । यो सात वर्षे बन्दमुखी योजना हो । फन्डमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन सकिन्छ । यसमा माघ १३ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त समयमा सबै इकाई बिक्री नभएमा माघ २६ गतेसम्म आवेदन खुला रहने सानिमा क्यापिटलले जनाएको छ ।
फन्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् । सानिमा क्यापिटल सानिमा बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।
























