सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौं । सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज पुस २७ गते सोमबार अन्तिम दिन हो । साधारण सभा प्रयोजनका लागि पुस २८ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ । बैंकले गत वर्षको नाफाबाट १२% बोनस सेयर र ३% नगद लाभांश गरि कुल १५% लाभांश वितरण गर्दैछ । बैंकको साधारण सभा माघ १६ गते बस्दैछ ।
यस्तै, सभामा अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन प्रक्रियामा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव छ ।
यता, सभामार्फत सर्वसाधारण समूहबाट २ जना र संस्थापक समूहबाट ३ जना गरी कुल ५ जना सञ्चालकहरुको निर्वाचन हुने भएको छ । सभा अम्रपाली बैंक्वेट, बालुवाटार काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा भर्चुअल माध्यमबाट पनि उपस्थिति जनाउन सकिनेछ ।






















