stcnepal long ad
ime life insurance
national life
global ime bank long

इन्भेष्टमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज पुस २१ गते मंगलबार अन्तिम दिन हो । साधारण सभा प्रयोजनका लागि पुस २२ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ । बैंकले गत वर्षको नाफाबाट १३% बोनस सेयर र ५.५०% नगद लाभांश वितरण गर्दैछ ।

साथै, अन्य कुनै बैंक तथा वित्तीय संस्थालाई मर्ज वा एक्वायर गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । इन्भेष्टमेन्ट बैंकले अधिकृत पुँजी बढाएर १८ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पनि पेश गर्नेछ ।

यस्तै, बोनस सेयर वितरणपछि चुक्ता पुँजी बढ्ने भएकाले सोही अनुसार प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ ।

बैंकको साधारण सभा माघ ८ गते हुने भएको छ । सभा बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा भिडियो कन्फ्रेन्सको माध्यमबाट पनि सहभागी बन्न सकिने बैंकले जनाएको छ ।

IME Lifesidebar
kumari