बैंक अफ काठमाण्डूका ग्राहकलाई तिनाउ हस्पिटलमा २० प्रतिशत छुट
काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकलाई बुटवलको तिनाउ इन्टरनेशनल हस्पिटल प्रा.लि.मा २० प्रतिशत छुट पाउने भएका छन् । उक्त सम्झौतामा बैंकका बुटवल शाखा कार्यालयका शाखा प्रबन्धक सरिता श्रेष्ठ र तिनाउ इन्टरनेशनल हस्पिटलका अध्यक्ष चिरञ्जिवी श्रेष्ठ जोशीले हस्ताक्षर गरेका हुन् ।
यससँगै ग्राहकले बैंकको डेबिट तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा अधिकतम प्रतिशतसम्मको छुट पाउने भएका छन् । बैंकले हाल ९१ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।






















