citizens life insurance long ad
stcnepal long ad

नेशनल प्याथ ल्याबमा बैंक अफ काठमाण्डूका ग्राहकलाई १५ प्रतिशत छुट

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुलाई नेशनल प्याथ ल्याब तथा रिसर्च सेन्टर प्रा.लि.मा बैंकको डेबिट तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा १५ प्रतिशतको छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट क क्षेणीको मान्यता प्राप्त प्रयोगशाला नेशनल प्याथ ल्याब तथा रिसर्च सेन्टर प्रा.लि.ले बुटवल, भैरहवा, गुल्मी, अर्घाखाँची, तुलसीपुर, घोराही तथा धनगढी लगायतको क्षेत्रहरुमा सेवा प्रदान गर्दै आईरहेको छ ।

उक्त सम्झौतामा बैंकका बुटवल शाखा कार्यालयका शाखा प्रबन्धक रत्न बहादुर खड्का र नेशनल प्याथ ल्याब तथा रिसर्च सेन्टर प्रालि, रुपन्देहीका निर्देशक पवन जोशीले हस्ताक्षर गरेका हुन् ।

बैंकले हाल बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

IME Life
kumari